खेर जाँदैन मधेशी शहीदको बलिदानी – यादव

रामबाबु मेहता
१५ माघ, कलैया । संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले एक कार्यक्रममा मधेशी शहीदहरुको बलिदानी खेर नजाने बताएका छन् ।

1

बिहीबार कलैयामा १०औं बलिदानी दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सयौं मधेशीहरुको रगतबाट आएको संघीयता मधेशी जनताको अधिकारको मूल आधार भएको बताए ।

उनले आन्दोलनको उपलब्धिलाई आत्मसात् गर्दै अगाडि बढनु पर्ने बताउँदै भने, ‘देशका तीन ठूला दल मधेशीलाई अधिकारबाट बञ्चित राख्न अग्रसर छन्, वर्तमान परिस्थितिमा सुझबुझका साथ उनुहरुसँग लडनु पर्छ ।’

यादवले१० वर्षको अवधिमा पटक पटक भएको मधेश आन्दोलनमा सरकारको दमन सहदै अधिकारका लागि लडिरहेका मधेशी जनता अन्तिम अधिकार नपाएसम्म आन्दोलनमा रहने बताए ।

कार्यक्रममा फोरम नेपालका राजनीति समिति सदस्य तथा पूर्व सभासद् प्रमोद प्रसाद गुप्ता, केन्द्रीय सदस्य रामबिशोर प्रसाद यादव, प्रकाश चौगाई, बच्चा यादव, प्रयागराय यादव, रामबाबु यादव लगायतको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत