आइतबार देशभर शहीद दिवस मनाइँदै

१५ माघ, काठमाडौं । नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्दै आइतबार देशभर शहीद दिवस मनाइँदै छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।

शहीद दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक विज्ञप्ति जारी गरी महान् शहीदहरुको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी सन्देश

martyrs-day-message

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत