नेकपा एमाले संघीयता विरोधी – गृहमन्त्री निधि

१६ माघ, पर्वत । गृहमन्त्री बिमलेन्द्र निधिले आइतबार एक कार्यक्रममा नेकपा एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

शहीद स्मारक अंग्रेजी आवासीय माविको रजतजयन्तीको अवसरमा पर्वतको कुश्मा आएका गृहमन्त्री निधिले कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको आवरण राष्ट्रवादका कारण राजनीतिमा अस्थीरताका सिर्जना भएको भन्दै एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाएका हुन् ।

गृहमन्त्री निधिले सिमांकन हेरफेरसहितको संविधान संशोधन भए संविधानको स्वीकार्यता बढ्ने र देशले निकास पाउने देखेर एमाले अत्तालिएको बताउँदै संविधान संशोधनमा एमालेले गरेको किचलो राष्ट्रिय हित विपरीत रहेको बताए ।

सरकारको तर्फबाट गृहमन्त्री निधिले ०६२/६३ को जनआन्दोलनमा शहीद भएका गोविन्दनाथ शर्माको शालिकमा पहिलो पटक माल्यार्पण गरेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत