एकल जातीय अहंकारवाद र विखण्डनवादको प्रतिवाद गर्न भट्टराईको जोड

२० माघ, विराटनगर । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिले मुलुकमा एकापट्टी उखान टुक्के नेताले अघि सारेको एकल जातीय अहंकारवाद अर्कोतिर सिके राउत मार्गको विखण्डनवाद हावी रहेको बताएका छन् ।
संयोजक भट्टराईले मोरङ जिल्ला परिषदले बुधबार विराटनगरमा आयोजना गरेको ध्रुवीकरण सभालाई सम्वोधन गर्दै दुई खाले अतिवादको प्रतिवाद गर्नु पर्ने बताएका हुन् ।
उनले संविधान संशोधनको प्रकृयालाई थाती राखेर चुनावमा जान नसकिने बताउँदै संविधानको स्वीकार्यता बढाउन तत्काल संशोधन प्रक्रिया अघि बढाउनु पर्ने बताए । साथै, उनले सहमतिमै राज्य, प्रदेश र स्थानीय तहको पुनर्संरचनाको टुंगो लगाउनु पर्ने बताए ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत