निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने मन्त्रिपरिषदको निर्णय

PMO

२० माघ, काठमाडौं । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तह निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई औपचारिक आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीकाअनुसार २०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको छ ।

यसैगरी सरकारले दुई नम्बर प्रदेशको सीमांकनको विषयमा विवाद भइरहेकाले त्यसको अध्ययन गरी सुझाव दिन समिति गठन गरेको छ ।

स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित समितिमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य छन् । सो समितिको सदस्य सचिवको जिम्मेवारी स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी तोकिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत