टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच चर्काचर्की !

एजेन्सी । टेलिफोन वार्ताकै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री म्याकलम टर्नबुलबीच चर्काचर्की भएको खुलासा भएको छ ।

अस्ट्रेलियामा शरण मागिरहेको शरणार्थीलाई अमेरिकामा लैजानेबारे ओबामा प्रशासनले गरेको सम्झौताको विषयमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री टर्नबुलबीच टेलिफोन वार्ता भएको थियो ।

टर्नबुलसँग भएको टेलिफोन वार्ताकै क्रममा अमेरिकामा शरणार्थी बसाउने बारेमा चर्काचर्की भएपछि ट्रम्पले टेलिफोन काटेको राजधानी दैनिकमा समाचार छ ।

ट्रम्पले एक ट्विटमा लेखेका छन्, ‘म यो सम्झौतालाई अध्ययन गरिरहेको छु’ टर्नबुलले भने ट्रम्पले कुराकानी जारी रहने आश्वासन दिएको बताएका छन् । सिड्नी रेडियोसँग कुराकानी गर्दै उनले ट्रम्पले फोन राखेको खबर गलत भएको दाबी गरे ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै मुस्लिम बहुल देशका शरणार्थीलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएका थिए ।

ओबामा प्रशासनले अस्ट्रेलियामा शरण मागिरहेका १ हजार २ सय ५० शरणार्थीलाई अमेरिकामा प्रवेश दिने सहमति गरेको थियो । यी शरणार्थीलाई अस्ट्रेलियाले नारु र पपुवा न्युगिनीका जेलमा राख्नुपर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो ।

टर्नबुलले ओबामा प्रशासनकै पालामा भएको सम्झौता अघि बढ्ने प्रतिबद्धता ट्रम्पसँग चाहेका छन् । आप्रवासी र शरणार्थीमाथि प्रतिबन्ध लगाएको एक दिनपछि सोमबार टर्नबुलले आफूले कुराकानी गरेर सम्झौतालाई जारी राखेकोमा ट्रम्पलाई धन्यवाद दिएका थिए । बुधबार अमेरिकी राष्ट्रपतिका प्रवक्ताले ट्रम्पले सम्झौतालाई जारी राख्न चाहेको टर्नबुलले बताएका थिए । तर, अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनले सो खबर प्रशारण गरेको केही समयपछि नै ह्वाइट हाउसले अझै सम्झौता विचाराधिन रहेको बताएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत