असन्तुष्ट वकिलहरुको आरोप : बारले आन्दोलनको अगुवाई गर्न सकेन

२२ माघ, काठमाडौं । प्रदेश नं २ का वकिलहरुले उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिविरुद्ध नेपाल बार एशोसिएनले आन्दोलनको अगुवाई गर्न नसकेको  भन्दै विरोधका कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

उनीहरुले  माघ १८ गते नेपाल बार एशोसिएन र सर्वोच्च अदालत बीच भएको ७ बुँदे सहमतिप्रति खेद व्यक्त गर्दै सहमतिको औचित्य नभएको बताएका छन् । साथै, अदालत बहिष्कार कार्यक्रमलाई माघ २५ गतेसम्म निरन्तरता दिने बताएका छन् ।

Bar-pradesh-2

न्यायपरिषदले उच्च अदालतको न्यायाधीश नियुक्ति विषयमा नेपाल बार एशोसिएनले अभिभावकको भूमिका निर्वाह नगरेकाले बारको सदस्यताको औचित्य समाप्त भएको ठहर गर्दै २०७३ माघ २७ गते ११ बजे नेपाल बार एशोसिएन केन्द्रीय कार्यालयमा अध्यक्ष लगायतका पदाधिकारी समेतका कानुन व्यवसायीहरुले राजनीनामा पत्र बुझाउने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत