काठमाडौंमा पानी हाहाकार हुनसक्ने चेेतावनी

२२ माघ, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्रालयले काठमाडौंमा खानेपानीको हाहाकार हुनसक्ने चेतावनी दिएको छ ।
मन्त्रालयले सडक विस्तारका क्रममा टुटेफुटेको पाइपहरु मर्मतका लागि ३१ करोड रूपैयाँ आवश्यक देखिएको भन्दै एक हप्तामा उक्त रकम नपाए काठमाडौंमा खानेपानीको हाहाकार हुनसक्ने चेतावनी दिएको हाे ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले शुक्रबार विकास समितिको बैठकमा सरकारलेे साे रकम तुरुन्तै उपलब्ध गराए मात्रै तत्काल पाइप मर्मत गरी पानी पठाउन सकिने बताए ।

‘काठमाडौंमा रहेका सडकको मुनी रहेका ५५ प्रतिशत पाइपहरु अहिले टुटफुट तथा बिग्रेका छन्’ सचिव उपाध्यायले भने, ‘तिनलाई मर्मत गर्नु पर्नेछ तर रकम उपलब्ध छैन ।’

उनले बैठकमा सडक विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका निकायले सडक विस्तारका क्रममा धेरै ठाउँमा पाइप काटेको  जानकारी दिए।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत