निर्वाचनको तयारी गर्ने बाटो खुल्याेे – यादव

२१ माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारी गर्ने बाटो खुलेको बताएका छन् ।

शुक्रबार राजधानीकाे एक कार्यक्रममा प्रमुख आयुक्त यादवले मन्त्रिपरिषदको निर्णयले निर्वाचनका लागि बाटो खुलेको र अायाेग अब तयारीमा जुट्ने बताएका हुन् ।

आयोग जेठमा चुनाव गराउन प्रतिबद्ध रहेको भन्दै प्रमुख आयुक्त यादवले चुनाव सम्बन्धी बाँकी काम तत्काल गर्न दलहरु र सरकारलाई आग्रह गरे ।

यद्यपि उनले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुःखद भएको बताउँदै प्रतिवेदन नपाएसम्म मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउन नसकिने बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत