सुन काण्डमा एसएसपी श्याम खत्री प्रहरी प्रधान कार्यालयबाट पक्राउ

२३ माघ, काठमाडौं । केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले सुन काण्डमा एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालयबाट पक्राउ गरेकाे छ ।

सुनकाण्डमा मुछिएपछि  त्रिभुवन विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्साल सरुवा गरिएका खत्रीलाई सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाट पक्राउ  गरेको हो ।

विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई त्यहाँबाट फिर्ता बोलाइएको थियो ।

प्रहरीले अनुसन्धानकाे क्रममा एयरपोर्ट भन्सारका केही कर्मचारी पनि पक्राउ गरेकाे छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत