अमेरिका आउनेलाई कडा निगरानी राख्न ट्रम्पको निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने मानिसहरुमाथि कडा निगरानी राख्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

अदालतले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिवन्धमाथि अन्तरिम रोक लगाएपछि ट्रम्पले सीमामा कडाई गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो साता ट्रम्पले सिरियासहित इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए ।

अदालतले अमेरिकी सीमालाई सुरक्षित गर्ने काममा अवरोध गरेको आरोप लगाउँदै ट्रम्पले यदि केही भयो भने त्यसको जिम्मेवार न्यायाधीश र अदालती सिस्टमलाई दोषी ठहर्‍याउने बताए ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो साता नै सात देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाएका थिए । तर, उनको प्रतिवन्धलाई अदालतले अन्तरिम रोक लगाएको छ । र, त्यसविरुद्ध ट्रम्प प्रशासनले गरेको अपील पनि अमेरिकी पुनरावेदन अदालतले खारेज गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत