क्यामरुनले जित्यो अफ्रिका कप अफ नेशन्सको उपाधि

africa-cup

काठमाडौं । अफ्रिका कप अफ नेशन्सको उपाधि खेलमा इजिप्टलाई २-१ गोलले हराउँदै क्यामरुनले जित हात पारेको छ ।

आइतबार राति भएको फाइनल खेलमा इजिप्टलाई २-१ गोलले हराउँदै क्यामरुन च्याम्पियन बनेको हो ।

खेलमा अग्रता लिएको इजिप्टले २२ औं मिनेटमा इल्नेनीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्यामरुनले कमब्याक गर्‍यो ।

५९ औं मिनेटमा इन्कुलुले बराबरी गोल फर्काए । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदा अबुबाकरले गोल गर्दै क्यामरुनलाई उपाधि दिलाए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत