बुढानीलकण्ठ बैठकमा संविधान संशोधन विधेयकबारे छलफल

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो बोलाएको बुढानीलकण्ठ बैठकमा मधेसी मोर्चाका नेताहरुसँग संविधान संशोधन विधेयकबारे छलफल भएको छ ।

कांग्रेस र मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक पारित गराउन आवश्यक दुई तिहाई जुटाउन सहमति भएको बताइएको छ ।

बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित गराउन पहल नगरेको भन्दै सरकार र काँग्रेसको आलोचना गरेपछि कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित गराउन पहल गर्ने प्रतिवद्धता जनाएको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लालकर्णले बताए ।

मधेसी मोर्चाका नेताहरुले सरकार निर्माणमा सहयोग गरेपनि सरकारले मधेश आन्दोलनका मुद्दा फिर्ता गर्न बाँकी रहेको भन्दै बैठकमा ध्यानाकर्षण समेत गराएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत