मापदण्ड पूरा नगर्ने विद्यालयको खाता रोक्का !

२४ माघ, खोटाङ । जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता जिल्ला शिक्षा कार्यालय खोटाङले रोक्का गरिदिएको छ ।

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालकाअनुसार व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो ।

तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का गरिएको विद्यालयको खाता फुकुवा गरिने  बताइएको छ । जिल्लामा प्रावि, निमावि र मावि गरी चार सय ९० वटा विद्यालय सञ्चालनमा छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत