प्रेस काउन्सिलले नार्कोसीको सहयोगमा डिजिटल क्लिपिङ सेवा प्रदान गर्ने

Narkoshi-Digital-Clipping

२५ माघ, काठमाडौं । प्रेस काउन्सिलले बिभिन्न छापा माध्यममा प्रकाशित समाचारहरुलाई बिषयवस्तुका आधारमा एकीकृत गरी क्लिपिङ सेवा प्रदान गर्दै आएकोमा अबदेखि डिजिटल क्लिपिङ सेवा पनि सुरु गर्न लागेको काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताएका छन् ।

प्रेस काउन्सिल नेपालले नार्कोसी डटकमसँगको सहकार्यमा अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुलाई डिजिटल रुपमै एकीकृत गरी सेवाग्राहीलाई सुविधा प्रदान गर्ने भएको हो ।

आइतबार साँझ सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा नार्कोसी डटकमका प्रमुख कार्यकारी अधिकृत खेम शर्मा र प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रेस काउन्सिलसँगको सहकार्यमा क्लिपिङ सेवालाई डिजिटलाइज गरिएको बताउँदै नार्कोसीका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले नेपालका पाँच सय भन्दा बढी अनलाइनमा प्रकाशित समाचार नार्कोसीमा खोज्न सकिने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत