भारतीय नागरिक वीरगन्जमा पाँच किलो चरेससहित पक्राउ

२५ माघ, वीरगन्ज। पाँच किलो चरेससहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक सुशील सुवेदीकाअनुसार कोलकता जान लागेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाई राखेको अवस्थामा पाँच किलो चरेस फेला परेको हो ।

पक्राउ परेका सदामले प्रहरीसमक्ष काठमाडाैंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पुर्‍याएबापत भा.रु. १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको बताएका छन् ।

अभियुक्त सदामलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत