देउवाको उदघोष : तोकिएको समयमा चुनाव नभए देशमा संवैधानिक संकट

२९ माघ, गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको समयमा चुनाव नभए देश संवैधानिक संकटमा फस्ने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले शनिबार पालुङटारस्थित ठाटी पोखरी बजारमा आयोजना गरेको आमसभामा सभापति देउवाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले स्थानीय चुनाव गराउने बताउँदै तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताए ।

 ‘वर्तमान सरकारले नै स्थानिय तहको चुनाव गर्छ, चुनावको तयारी थाल्नुस्’ आमसभामा सहभागी कार्यकर्तालाई निर्देशन दिदै देउवाले भने, ‘२०७४ माघ भित्र तीन वटै निर्वाचन हुन्छ, चुनाव गराउने दायित्व कांग्रेसले पुरा गरि छाड्छ ।’

उनले संविधान संशोधन भए मात्र तराई, पहाड र हिमालको एकता हुने भन्दै संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको समेत बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत