फास्ट ट्रयाकको शिलान्यास आफ्नै हातबाट हुने प्रधानमन्त्रीको प्रतिवद्धता

रामबाबु मेहता
२९ माघ, बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ–काठमाडौं दु्रतमार्ग (फास्ट ट्रयाक) आफ्नै हातबाट शिलान्यास हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

PMशनिबार बिहान फास्ट ट्रर्याकको स्थलगत निरीक्षणपछि निजगढमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाक आफ्नै हातबाट शिलान्यास हुने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाकको मोडालिटी निर्माण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा समितिले काम गरिरहेको समेत बताए । उनले १०० दिने रिले अनशनलाई सम्बोधन गर्दै एक हप्ताभित्रमा समितिले प्रतिवेदन बुझाउने भन्दै सरकारले निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाउने समेत बताए ।

निजगढ विमानस्थल क्षेत्रभित्र पर्ने बासिन्दाको वैकल्पिक बसोबास र व्यवस्थापन गर्न सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले चार किल्लाभित्रको जग्गा अधिग्रहणका लागि प्रतिवेदन पेश गर्ने समिति बनिसकेको बताए । साथै, उनले जनताले उठाएका जायज माग र मुद्दाहरुको सम्बोधन गरेर बिमानस्थलको कामलाई थप तिब्रता दिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन निजगढ—काठमाडौं द्रुत मार्ग र निजगढ बिमानस्थलको स्थलगत निरीक्षणपछि व्यक्त मन्तव्यका मूख्य बुँदाहरुः

  • रिले अनसनमा बस्नुभएका युवा साथीहरुलाई नेपाल सरकार र मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । विकास निर्माणका काममा जनताको जागरुकता पैदा भएको छ । युवाहरुले पहलकदमी लिनुभएको छ । केही समयअघि युवाहरु पैदल यात्रा गर्दै काठमाडौं पुग्नुभएको थियो, मलाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।
  • फास्ट ट्रयाकबारे केही अन्यौल थिए । फास्ट ट्रयाक नेपालले नै बनाउने निर्णय गरिएको छ । फास्ट ट्रयाकको मोडालिटी निर्माण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा समिति बनाइएको छ । समितिलाई फास्ट ट्रयाकको मोडालिटी र आर्थिक व्यवस्थापनबारे सुझाव दिन भनिएको छ । समितिले काम गरिरहेको छ । एक हप्ताभित्र समितिले प्रतिवेदन बुझाउने छ र सरकारले निर्माण कार्यलाई अगाडि बढाउने छ । यो आयोजना मेरै कार्यकालमा मेरै हातबाट शिलान्यास हुन्छ ।
  • एकाध महिनाभित्र नै मेरो नेतृत्वमा मैले नै शिलान्यास गर्ने गरी काठमाडौं—निजगढ द्रुत मार्गको तयारी भइरहेको छ । मैले सरकारको नेतृत्व सम्हालेदेखि नै राष्ट्रिय गौरवका आयोजनाहरुको नियमित निरीक्षण र अनुगमन गरिरहेको छु । समयमै विकासका काम सम्पन्न गर्न मेरो विशेष जोड छ ।
  • रिले अनसनमा बसेका साथीहरुलाई विशेष धन्यवाद छ । तपाईहरुले विकासका निम्ति देखाउनु भएको जागरुकताका लागि सरकार आभार प्रकट गर्न चाहन्छु । अब तपाईहरुले रिले अनसन बसिरहनु जरुरी छैन, हामी प्रतिवेदन आउनेबित्तिकै आयोजनाको काम अगाडि बढाउँछौं, तपाईहरुले खवरदारी गरे मात्रै पुग्छ ।
  •  निजगढ बिमानस्थल क्षेत्रभित्र पर्ने बासिन्दाको बैकल्पिक बसोबास र व्यवस्थापन गर्न सरकार गम्भीर छ । चार किल्लाभित्रको जग्गा अधिग्रहणका लागि प्रतिवेदन पेश गर्ने समिति बनिसकेका छन् । जनताले उठाएका जायज माग र मुद्दाहरुको सम्बोधन गरेर हामी बिमानस्थलको कामलाई थप तिब्रता दिनेछौं ।मेरै नेतृत्वमा मेरै कार्यकालमा फास्ट ट्रयाकको शिलान्यास हुन्छ । फास्ट ट्रयाक र बिमानस्थल दुवै राष्ट्रिय गौरवका आयोजनाहरु हुन् । यी आयोजना सम्पन्न हुँदा देशकै विकास र समृद्धिमा गुणात्मक अर्थ राख्दछन् । यसमा सरकार सचेत र गम्भीर छ ।
  • सुकुम्बासी समस्याबारे सरकार गम्भीर छ । सुकुम्बासी समस्या सम्बोधन गर्न सरकारले नीति र कार्यक्रमको तयारी गरिरहेको छ । सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा सम्बोधन हुने गरी केही दिनमा ठोस कार्यक्रम सार्वजनिक गरिनेछ ।
  • मैले भारतको गोवा भ्रमणका बेला पनि हुलाकी राजमार्गका बारेमा भारतीय प्रधानमन्त्रीसँग गम्भीर रुपमा कुरा गरेको छु । हुलाकी राजमार्ग अगाडि बढ्छ । छिमेकीसँगको सन्तुलित सम्बन्धका आधारमा सरकारले विकासका कामलाई तिब्रता दिनेछ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत