३१ बर्षपछि कोडबाडा सुनथरालीमा परीक्षण उडान

Kalikot

२९ माघ, कालिकोट । निर्माण सुरू भएको ३१ वर्षपछि कालिकोटको कोडबाडा सुनथराली विमानस्थलमा तारा एयरलाइन्सको जहाजले सफल परीक्षण उडान गरेको छ ।

शनिबार तारा एयरलाइन्सको ६ एन एबिएम नम्बरको जहाजले सफल परीक्षण उडान भरेको हो । तारा एयरलाइन्सका क्याप्टेन सन्तोष शाहको टिमले सफल परीक्षण उडान गरेर फर्किएको छ ।

परीक्षण उडान भर्न गएको जहाज हेर्न सयौंको संख्यामा स्थानीय उपस्थित भएका थिए ।

कर्णलीको निकै महत्त्वपूर्ण मानिएको कोटबाडा सुनथराली विमानस्थल ३१ वर्षदेखि निर्माणाधीन अवस्थामै अलपत्र रहेको थियो । वि.सं. २०४२ सालदेखि निर्माणकार्य सुरु भएको विमानस्थल निकै लामो समयसम्म बन्न सकेको थिएन ।

जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएपछि दुई पटक निमार्णाधीन विमानस्थलको स्थलगत निरीक्षण गर्दै माघ मसान्तभित्र सञ्चालनमा आउने गरि काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत