माओवादीहरु विभिन्न कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाउँदै

१ फागुन, काठमाडौं । माओवादीहरुले आज विभिन्न कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाउँदै छन् ।

Maoist centre

आइतबार जनयुद्ध दिवसको अवसरमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले अलग अलग कार्यक्रम आयोजना गरेका छन् ।

माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा कार्यक्रम आयोजना गरेको छ ।

१० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १३ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भए । हजारौंको संख्यामा नागरिक वेपत्ता पारिए । माओवादी पूर्वलडाकुहरू नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अङ्ग पनि बनिसकेका छन् ।

तर, विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको एक दशक बितिसक्दा सहिदका नाममा स्मृति स्तम्भ, पार्क, भवन निर्माण गरिएको भए पनि पछिल्लो समय माओवादी नेताहरुले व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन गरेको र विगतमा गरेका बाचा पूरा नगरेको भन्दै पार्टी र नेताहरुप्रति जनता र पार्टी कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत