भारतीय नेताहरुलाई नेपालको मामिलामा चासो नलिन श्रेष्ठको आग्रह

२ फागुन, काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन भारतीय नेताहरुलाई आग्रह गरेका छन् ।

माओवादी केन्द्र विदेश विभाग प्रमुख एवम् पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतको राजधानी नयाँ दिल्लीमा भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँगको भेटमा नेपालको आन्तरिक विषय, नेपालका राजनीतिक दलको सहमति र सहकार्यमा नै अगाडि बढ्ने भएकाले अनावश्यक चासो नलिन आग्रह गरेका हुन् ।

अखिल भारत नेपाली एकता मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  श्रेष्ठले संविधान कार्यान्वयन प्रक्रियालाई अन्तिम रुप दिन सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको जानकारी दिए ।

चारदिने भारत भ्रमणमा रहेका श्रेष्ठले मंगलबार सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत