डीआइजी सिलवालविरुद्ध एक सर्वसाधारणले गरे सर्वोच्चमा रिट दर्ता

३ फागुन, काठमाडौं । नेपाल प्रहरीका डीआइजी नवराज सिलवालविरुद्ध एकजना सर्वसाधारणले  सागर थापाका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

बैंकिङ कसुरको आरोपमा भीमफेदी जेलमा रहेका गुनबहादुर थापाका छोरा सागर थापाले  आफू र आफ्नो परिवार डीआइजी सिलवालबाट अन्यायमा परेको जिकिर गर्दै सोमबार रिट दर्ता गरेका हुन् ।

सुरूमा डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध कपिलदेव ढकाल सर्वोच्च अदालत गए ।

त्यसपछि बरिष्ठताका आधारमा आफूलाई आइजीपी बनाउने माग लिएर डीआइजी नवराज सिलवाल सर्वोच्चको ढोकामा पुगे ।

यसरी मुद्दा पर्ने सिलसिलामै सागर थापाले डीआइजी सिलवालबाट अन्यायमा परेको भन्दै सोमबार रिट दर्ता गरेका हुन् ।

अदालतले थापाकाे रिटलाई ०८४४ नम्बरमा दर्ता गरेको छ । तथापि सिलवालको विरोधमा परेको यो निवदेनले कपिलदेव ढकाल र डीआइजी नवराज सिलवालकाे निवेदनहरुमा जस्तो प्राथमिकता र महत्व पाएको छैन ।

ढकालकाे निवेदनलाई अदालतले तुरुन्तै ‘रेस्पोन्स’ गर्‍यो । प्रधानन्यायाधीश सुशीला कार्कीले एकल बेञ्चबाट सो रिटमाथि सुनुवाई गर्दै चन्दको नियुक्तिलाई यथास्थानमा राख्ने आदेश दिइन् ।

डीआइजी सिलवालको रिटलाई पनि प्रधानन्यायाधीश कार्कीले आफ्नै एकल बेञ्चमा पारिन् र चन्दलाई पदस्थापन नगर्न दोस्रो आदेश दिइन् ।

यी दुबै रिटबारे फागुन ८ गतेको पेशी तोकिएको छ र दुवै पक्षलाई अदालतले छलफलका लागि बोलाएको छ । यसका साथै आइजीपी नियुक्तिसम्बन्धी निर्णयको माइन्युट समेत अदालतले झिकाएको छ ।

निवेदक थापाकाेअनुसार उनकाे निवेदनलाई अदालतले मंगलबार पेशी तोकेर स्थगित गरिदिएको छ ।

Silwal-kanta (1)

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत