कर्मचारीहरुको आन्दोलनले सेवाग्राही प्रभावित

४ फागुन, रौतहट । रौतहटका कर्मचारीहरुको आन्दोलनले सेवाग्राही प्रभावित भएका छन् ।

Karmachari-Rautahat

नगरपालिका, जिल्ला विकास समिति र जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कर्मचारीहरुको आन्दोलनले सेवाग्राही प्रभावित भएका हुन् ।

संविधानतः बन्ने नयाँ संरचनाहरुमा स्थानिय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई उचित व्यवस्थापनको मागसहित स्थानिय निकाय टे्रड युनियन संयुक्त समन्वय समितिले सोमवारदेखि नै स्थानिय निकायको कामकाज बन्द गरेका छन् ।

जिल्ला विकास समिति रौतहटका साथै गौर, गरुडा र चन्द्रपुर नगरपालिकाका कर्मचारीहरुले स्थानिय तहमा कर्मचारी व्यवस्थापन र समायोजन गर्दा जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

कर्मचारीहरुले नपुग जनशक्ति निजामती सेवाबाट खटाउनु पर्ने माग गर्दै कामकाज ठप्प गरेर कार्यालय प्रमुखलाई कार्यकक्षमा प्रवेश गर्न दिएका छैनन् ।

कर्मचारीहरुले आफूहरुको मांग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुको अडान छ ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा हेल्थ असिस्टेन्टहरुले पनि आन्दोलन आज ३९ औं दिन पनि जारी राखेका छन् । शैक्षिक योग्यताको कदर गर्दै हेल्थ असिस्टेन्टहरुलाई नै स्वास्थ्य चौकीको प्रमुख बनाउनु पर्ने मागसहित उनीहरु आन्दोलित भएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत