प्रेस युनियनले पत्रकार महासंघमा लगाएको ताला खुल्यो

fnj 1

६ फागुन, काठमाडौं । प्रेस युनियनले नेपाल पत्रकार महासंघमा लगाएको ताला शुक्रबार दिउँसो खुलेको छ ।

प्रेस युनियनले सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै फागुन २ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा लगाएको ताला युनियन र पत्रकार महासंघबीच दुई बुँदेसहमति भएपछि खुलेको हो ।

दुई बुँदे सहमतिमा युनियनले सरोकार जनाएका बिषयलाई सम्बोधन गर्दै महासंघले अर्को बिज्ञप्ति निकाल्ने र युनियनले ताला खोल्ने सहमति भएको युनियनका अध्यक्ष बद्री सिग्देल र महासंघ सभापति डा. महेन्द्र विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा महासंघको सचिवालयले सहमतिका आधारमा नुवाकोट, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिरहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लामा देखिएको विवाद समाधान गर्ने सहमति भएको छ ।

महासंघमा लगाएको ताला खुलेसँगै सदस्यता वितरणमा विवाद नदेखिएका जिल्ला बाहेकका जिल्लामा निर्धारित मितिमै अधिवेशन हुने भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत