सुदूरपश्चिमाञ्च औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव सुुरु

७ फागुन, कञ्चनपुर। सदरमुकाम भीमदत्तनगरको खुलामञ्चमा शुक्रबारदेखि सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव-२०७३ सुुरु भएको छ ।

sudurpachimanchal

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा स्थानीय तथा राष्ट्रियस्तरका वस्तु तथा सेवाको विस्तारसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव भएको हो ।

सांसद बहादुरसिंह थापाले महोत्सव उद्घाटन गर्दै पर्यटन व्यवसायलाई अगाडि बढाइए युवाहरुले रोजगार पाउने भएकाले पर्यटन प्रर्वद्धनका लागि अगाडि सर्नुपर्ने बताए ।

फागुन १५ गतेसम्म आयोजना हुने महोत्सवले स्थानीय उद्योग प्रवद्र्धन गर्न सघाउ पु¥याउने, सूचना तथा प्रविधिबारे जानकारी गराउने, कृषि व्यवसायलाई टेवा पुर्याउने, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा खोजीको अवसर सिर्जना गर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले बताए ।

महोत्सवमा हस्तकला, घरेलु उद्योग, कृषि औजार, मौलिक परिकार, सांस्कृतिक पहिचान झल्कने र व्यापारिक वस्तु, जडिबुटी, पस्मिना, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, ऊर्जा, सूचना प्रविधि लगायत एक सय ७५ कक्ष छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत