प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा मंगलबार बहस हुने

८ फागुन, काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नियुक्तिविरुद्ध परेको रिटमा प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन सकेन ।

सर्वोच्च अदालतमा आइतबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेश तोकिएको थियो । तर, प्रतिवादीको नाममा म्याद तामेली नभएको पाइएपछि सुनुवाइ हुन नसकेको हो ।

रिट निवेदक कपिलदेव ढकालले आइतबार म्याद तामेली हुने र मंगलबार बहस हुने बताए । सर्वोच्चले ढकालले दायर गरेको रिटमा डीआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत