स्थानीय तहको चुनाव घोषणा हुने पक्का भो !

८ फागुन, काठमाडौं । सरकारले चुनावको मिति निर्वाचन आयोगसँग परामर्श गरेर निश्चित गर्ने गरी छिट्टै  स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ ।

20170219_220013

मधेसी मोर्चाले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न गरेको आग्रह अस्वीकार गर्दै आइतबार बिहान बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बालुवाटार बैठकमा चुनावको मिति घोषणा अघि मधेसी मोर्चासँग छलफल गर्ने गरी चुनाव घोषणा गर्ने सहमति भएको हो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चुनाव घोषणा संविधान संशोधनको प्रक्रिया टुङ्गो लगाएपछि मात्र गर्न मिल्ने स्थिति नरहेको बताए ।

‘संविधान संशोधनको प्रक्रिया टुङ्गो लगाएपछि मात्र गर्न मिल्ने स्थिति रहेन’ श्रेष्ठले भने, ‘निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ । त्यसपछि संशोधन प्रक्रिया अघि बढ्छ र निर्वाचन हुन्छ ।’

यसैगरी नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पहाडमा भूगोलको आधारमा र तराईमा जनसंख्याको आधारमा निर्वाचन हुने बताए ।

प्रधानमन्त्रीले चुनावको मिति टुंगो लगाउन निर्वाचन आयोगसँग परामर्श गर्दै छन् । स्रोतकाअनुसार कांग्रेसले वैशाखभित्र स्थानीय चुनाव गरिसक्नु पर्ने अडान लिएको छ भने मधेशी मार्चाले संशोधनपछि मात्र निर्वाचन घोषणा गर्नुपर्ने अडान कायमै राखेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत