१४ देशका लागि नेपाली राजदूत सिफारिस

९ फागुन, काठमाडौं । सरकारले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको  दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो ।

सरकारको नेतृत्वकर्ता दल माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् ।

फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् ।

कांग्रेसबाट अर्जुनजंगबहादुर सिंह दक्षिण कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।

राप्रपाबाट  प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत