मुसहर समुदायद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

८ फागुन, राजविराज । नेपाल राष्ट्रिय मुसहर संघको अगुवाईमा विभिन्न ३ बुँदे माग अघि सार्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।

आइतवार प्रमुख जिल्ला अधिकारी मार्फत मुसहर समुदायले वर्षौदेखि घर बनाई भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल प्रदान गर्नुपर्ने, मुसहर समुदायको साँस्कृतिक धरोहरको रुपमा रहेको शबरीमाता र दिनाभद्रीको नाममा रहेको जग्गा मुसहर समुदायलाई उपलब्ध गराउनु पर्ने तथा मुसहर समुदायको समग्र समस्या समाधानका लागि मुसहर आयोगको गठन गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाइएको हो ।

ज्ञापनपत्र बझुाएपछि स्थानीय राजरंगशालामा आयोजित सभामा मुसहर समुदायका अगुवाहरुले पटक–पटक ब्यवस्था परिवर्तन भए पनि मुसहर समुदायको अवस्थामा परिवर्तन नभएको भन्दै परिवर्तनका लागि सशक्त आन्दोलनको विकल्प नरहेको बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत