मोर्चाद्वारा स्थानीय निर्वाचन घोषणाविरुद्ध मसाल जुलुस प्रदर्शन

१० फागुन, सप्तरी । सरकारले स्थानीय तहको  निर्वाचन मिति घोषणा गरेपछि आक्रोशित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार साँझ सदरमुकाम राजविराजका साथै जिल्लाका प्रमुख बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ।

मोर्चाले संविधान संशोधनमार्फत आफ्ना माग सम्वोधन नगरी स्थानीय निकायको निर्वाचन मिति घोषणा गरेको विरोधमा मशाल जुलुस प्रदर्शन गरेका हुन्। स्थानीय महादेव मन्दिरको प्राङ्गणबाट मशालसहित निक्लिएका प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए।

त्यस्तै मोर्चा निकट मधेशी विद्यार्थी मोर्चा सप्तरीले मधेशको माग सम्बोधन नभएसम्म फागुन १८ गते तोकिएको स्ववियु निर्वाचन समेत हुन नदिने चेतावनी दिएको छ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत