संविधान संशोधनलाई प्रक्रियामा लैजान दिने एमालेको संकेत

१० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधनमा सहयोग गर्न गरेको आग्रह अस्वीकार गरेपनि, संसदमा प्रक्रिया अघि बढ्न भने सकारात्मक देखिएको छ ।

सोमबार स्थानीय तहको चुनाव घोषणा भएपछि प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक आहृवान गरेका थिए । तर, मधेसी मोर्चामा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले चुनाव घोषणाबारे सर्वदलीय बैठकमा जानकारी दिँदै संविधान संशोधनमा एमालेसँग सहयोगका लागि आग्रह गर्दै राजनीतिक समझदारीका आधारमा स्थानीय तहको संख्या केही बढाउन पनि दलहरुसमक्ष प्रस्ताव राखेका छन् ।

दलहरुले चुनाव घोषणाको स्वागत गरेता पनि संविधान संशोधनबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत