डा. भट्टराई र यादवले चुनाव स्थगित गर्न माग गरेपछि नयाँ शक्तिमा विवाद

१२ फागुन, काठमाडौं ।  डा. बाबुराम भट्टराईले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग मिलेर चुनाव स्थगितको मागसहित वक्तव्य जारी गरेपछि उनको पार्टी नयाँ शक्ति नेपालमा विवाद उत्पन्न भएको छ ।
बाबुराम भट्टराईले उपेन्द्र यादवसँग निकालेको वत्तव्यको विरोध गर्दै नयाँ शक्ति नेपालका ९ जना केन्द्रीय परिषद सदस्यले विज्ञप्ती नै जारी गरेका छन् ।
वावुरामले जारी गरेको वक्तव्यको विरोध गर्ने केन्द्रीय परिषद सदस्यहरुमा निर्मल भट्टराई, मोहन बम, देव लिम्बु, हरिराम रिमाल, चन्द्रदेव ओझा, युवि घिमिरे, सहदेव न्यौपाने, अशोक राज ढुंगेल र मुनिन्द्र बस्नेत छन् ।
केन्द्रीय परिषद सदस्यहरुले चुनाव स्थगित गर्ने नेतृत्वको स्वच्छाचारी निर्णय भएको भन्दै  उनीहरुले नयाँ शक्ति पार्टीलाई चुनाव विरोधी देखाउने गरी आएको वक्तव्यमा सही गर्ने एकल निर्णय तत्काल फिर्ता लिन पनि संयोजक डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत