अधिकांश ठूला क्याम्पसहरुमा स्ववियुको निर्वाचन हुन सकेन

१८ फागुन, काठमाडौं । बुधवार निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन  अधिकांश ठूला क्याम्पसहरुमा हुन सकेन । जिल्लाका सामुदायिक उच्च मावि र थोरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसहरुमा मात्र निर्वाचन भएको छ ।

अधिकांश आंगिक क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले आफू कमजोर भएका क्याम्पसमा चुनावै हुन नदिने नियतले तालाबन्दी र आगजनी गरेका कारण त्रिभुवन विश्वविद्यालयका ६० आंगिक र करीव ४ सय सम्बन्धन प्राप्त तथा सामुदायिक क्याम्पसहरुमा अधिकांश ठूला क्याम्पसमा चुनाव हुन नसकेको हो ।

त्यस्तै त्रिविका आंगिक क्याम्पसहरु त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर, आरआर, शंकरदेव, मीनभवन, सरस्वती, त्रिचन्द्र, पद्मकन्या, पाटन, नेपाल ल, महेन्द्र रत्न ताहाचल, पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र मोरङ विराटनगर जस्ता ठूला क्याम्पसमा चुनाव भएन ।

चुनाव भएका क्याम्पसहरुबाट विजयी हुनेमा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी प्रचण्डले ३५, नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले २४, एमाले सम्बद्ध अनेरास्ववियुले ५० र  राप्रपा निकट राप्रविसंघ ३ क्याम्पसमा विजयी भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत