सूर्या लाइफ इन्सोरेन्स र ग्लोबलको साझेदारीमा जीवन विमा योजना

१८ फागुन, राजविराज । राजविराजमा सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड र ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजको साझेदारीमा सदस्य जीवन विमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार उक्त कार्यक्रममा सहजीकरण गर्दै सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडकी प्रतिनिधि सुवर्णा न्यौपाने खनालले कम्पनीले हाल सञ्चालन गरेको विमा सम्बन्धी नीति, पोलिसि र योजनाबारे जानकारी गराउँदै विमामा कुनै प्रकारको जोखिम नरहेकोले ढुक्क भएर सहभागी हुन आग्रह गरिन ।

न्यौपानेले हाल ६७ वटा शाखा मार्फत कम्पनीले विमा कार्यक्रम संचालन गरिरहेको जानकारी गराउँदै उनले हाल कम्पनीको रिजर्भमा १७ करोड ५४ लाख रकम रहेको समेत बताईन ।

राजविराज शाखा प्रमुख चन्द्रदेव यादवले सहकारी संस्था मार्फत गरिएको विमामा दोहोरो फाइदा हुने भन्दै विमा गरेर जोखिम कम गर्न सहभागीहरुलाई आग्रह समेत गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत