सरकारलाई मधेसी मोर्चाको ७ दिने अल्टिमेटम

२४ फागुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ७ दिने अल्टिमेटम दिँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मोर्चाको आकस्मिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी भएको थियो । तर, मंगलबार विहान प्रधानमन्त्री प्रचण्ड र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच टेलिफोन सम्वादपछि मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठकले सरकारलाई ७ दिने अल्टिमेटम दिने निर्णय गरेको छ ।

संघीय गठवन्धनका प्रवक्त ओम गुरुङकाअनुसार संविधान संशोधन विधेयक पास गर्न र गैरसंवैधानिक चुनाव घोषणा फिर्ता लिन ७ दिने अल्टिमेटम दिइएको छ ।

मधेसी मोर्चामा आवद्ध रामसपाका महासचिव केशव झाले पनि समर्थन फिर्ता अघि ७ दिने अल्टिमेटम दिने मोर्चा र गठवन्धन दुबैको निर्णय भएको बताएका छन् ।

अल्टिमेटमबारे जानकारी दिन मधेसी मोर्चाका नेताहरूले बुधबार विहान ९ बजे प्रधानमन्त्री प्रचण्डलार्इ भेट्दैछन् ।

संघीय गठवन्धनले सप्तरी घटनाको विरोधमा २६ गते काठमाडौंसहित देशभर प्रदर्शन गर्ने र २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत