सप्तरीमा प्रमुख जिल्ला अधिकारीसहित दुई प्रहरी प्रमुख फेरिए

२५ फागुन, काठमाडौं । सप्तरी घटनापछि गृह मन्त्रालयले सप्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा  कृष्णबहादुर कटवाललाई पठाएको छ ।

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीकाअनुसार अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको छ, त्यस्तै सप्तरी प्रहरी प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ ।

मंगलबार बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई फिर्ता बोलाएको थियो ।

सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको मन्त्रालयका प्रवक्ता पन्थीले बताए ।

सोमबार नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत