सप्तरी घटनाका घाइते वीरेन्द्र महतोको उपचारका क्रममा मृत्यु

Dharan

२५ फागुन, धरान । एमालेको मेची-महाकाली राष्ट्रिय अभियान बिथोल्न खोज्ने  क्रममा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा मृत्यु हुनेको संख्या बुधवार बिहानसम्म चार पुगेको छ ।

सप्तरी घटनाका दिन सोमबार सन्जन मेहता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो भने गोली लागि घाइते भएका सप्तरी मलेठ गाविस २ का वीरेन्द्र महतोको धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

सप्तरी घटनाको बिरोधमा मधेसी मोर्चाले आह्वान गरेका दुई दिने मधेस बन्दको दोस्रो दिन पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मोर्चा कार्यकर्ताले बिहानैदेखि बिरोध प्रदर्शन गरिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत