होली पर्वका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

IMG_20170312_093457

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागु पूर्णिमा (होली पर्व)को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिकालागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

‘असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्दछ’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ, ‘यस वर्षको फागुन २९ र ३० मा मनाइने फागु पुर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस भन्‍ने शुभेच्छा सहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो भन्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत