कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने प्रधानमन्त्रीको उदघोष

PM

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउसो नयाँ शक्ति पार्टी, नेपालको १० लाख जनताको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले विगत लामो समयदेखि आफूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशिताको पक्षमा अडान राख्दै आएपनि संविधानसभामा दुई तिहाई पुग्न नसकेका कारण फरक मत दर्ज गरेर यसलाई जनताका बीचमा राखेको प्रष्ट पार्दै आगामी दिनमा पनि यो मुद्धालाई अगाडि बढाउने बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा रहेका सबैलाई सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै प्रधानमन्त्रीले आगामी निर्वाचनमा यो मुद्धालाई जनताबीच लानुपर्ने कुरामा जोड दिए ।

प्रधानमन्त्रीले अहिले सरकार मधेश, आदिवासी जनजाति, थारु लगायतका मुद्धा सम्बोधन हुने गरी संबिधान संशोधन गरेर चुनाव सम्पन्न गराउन लागिपरेको बताउँदै सबैलाई चुनावमा सहभागी हुन आग्रह समेत गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत