एमालेको अभियानलाई कैलाली बन्दको प्रभाव सामान्य

२ चैत, कैलाली । थारुहट तराई पार्टी नेपालले एमालेको मेची-महाकाली अभियानलाई प्रभाव पार्ने गरी कैलाली बन्दको आह्वान गरे पनि प्रभाव सामान्य परेको छ ।

थारुहट तराई पार्टी जिल्ला कार्य समिति कैलालीले एमालेले खोक्रो राष्ट्रवादको नारा भजाएर मधेसमा जातीय र साम्प्रदायिक द्वन्द्व निम्त्याएको भन्दै कैलाली बन्दको आहृवान गरेको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै थारुहट तराई पार्टीले एमालेको मेची-महाकाली अभियानमा कसैलाई पनि सहभागी नहुन समेत अपिल गरेको छ । थारुहट तराई पार्टी नेपालले एमालेको अभियानले जातीय एवं सामाजिक सदभाव भड्काएको आरोप लगाएको छ ।

आज कैलालीको टीकापुरमा एमालेले सभा गर्दैछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत