कर्मचारीहरुलाई जनताको सेवामा समर्पित हुन प्रधानमन्त्रीको निर्देशन

१ चैत्र, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका ७४४ वटै स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भको उद्घाटन गरेका छन् ।

DSC5218-600-300

मंगलबार बिहान ललितपुर महानगरपालिकामा आयोजित बिशेष समारोहमार्फत् प्रधानमन्त्रीले देशका सबै स्थानीय तहका कार्यालय सञ्चालन तथा कार्य प्रारम्भको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा प्रधानमन्त्रीले नेपालमा स्थानीय शासनको इतिहासमा नयाँ अध्याय सुरु भएको बताउँदै यो सामान्य सुधार नभएर महत्वपूर्ण क्रान्तिकारी परिवर्तनको प्रतिक भएको बताए ।

उहाँले सिंहदरवारमा निहित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको अधिकार र स्रोत साधनलाई पहिलो चोटी गाँउ गाँउसम्म पु¥याउने गरी स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याइएको पनि बताए ।

‘हालसम्म जिल्ला, अञ्चल, क्षेत्रीय सदरमुकाम र खासगरी काठमाडौंबाट हुदै आएका थुप्रै काम, कार्वाही र सेवाको वितरण सम्बन्धित गाँउपालिका वा नगरपालिकाबाटै हुनेछ’ प्रधानमन्त्रीले भने, ‘बीस बर्षपछि गुणात्मक उपलब्धिसहित हुन लागेको यो महोत्सवमा विना संशय, विना धक, विना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिंगो देशलाई हार्दिक आमन्त्रण गर्दछु ।’

प्रधानमन्त्रीले स्थानीय तहको पुर्नसंरचना र कार्यप्रारम्भसँगै गणतन्त्रको उज्यालो घामको अनुभूति जनताले गर्न पाएको भन्दै यो परिवर्तन ल्याउन योगदान पु¥याउने सबैमा हार्दिक आभार प्रकट गर्दै कर्मचारीहरुलाई स्थानीय तहमा जिम्मेबारी लिएर जनताको सेवामा समर्पित हुन निर्देशन दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत