सरकारले गरेको त्रुटि नसच्याए मधेसी मोर्चा आन्दोलनमा जाने

३ चैत, चितवन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले गरेको त्रुटि नसच्याए मधेसी मोर्चा आन्दोलनमा जाने बताएका छन् ।

अध्यक्ष महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मोर्चा निर्वाचनमा सहभागी नहुने बताउँदै सरकारले गरेको त्रुटि नसच्याए आन्दोलनमा जाने बताएका छन् ।

चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए ।

आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताए ।

सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उनले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताए । उनले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताए । नेता महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताए ।

नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उनले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत