काभ्रे विशेष जिल्ला समितिको एकता सम्पन्न

Kavre

अशोक थापा/४ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघ, अरनिको विशेष जिल्ला समितिको एकता सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले रामशरण तिमलसिनाको नेतृत्वमा ३१ सदस्यीयता कार्य समिति गठन गरेको छ ।

एकता सम्मेलनलाई सम्बोधन गर्नेक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सूर्यमान दोङले यातायात मजदुरहरुले पार्टीलाई गरेको योगदानको उच्च कदर गर्दै प्रतिकान्तिलाई परास्त गर्न र अग्रगामी निकासका लागि अग्रमोर्चामा रहेर लड्नको आग्रह गरेका छन् ।

उनले आगामी बैशाख ३१ गतेको घोषित चुनावमा उच्च परिणाम निकाल्नलाई निर्देशन समेत दिए ।

यसैगरी यातायातका केन्द्रीय अध्यक्ष सोमबहादुर तामाङले स्थानीय निर्वाचनपछि यातायात मजदुरले भोग्नु परिरहेको पीडा स्वतः हट्ने र मजदुरहरुले आप्mनो सरकार महशुस गर्ने बताए ।

श्रीकृष्ण खत्रीको सभापतित्वमा भएको कार्यक्रमको एकता सम्मेलनमा पार्टीका महाधिवेशन आयोजक कमिटी सदस्यहरु, महासंघका पदाधिकारीहरु, संघका केन्द्रीय अध्यक्ष साथै पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

काभ्रे यातायात मजदुरको जिल्ला अधिवेशन सम्पन्न
अखिल नेपाल यातायात मजदुर संघ जिल्ला संगठन समिति काभ्रेको छैठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले रामहरि न्यौपाने संयोजकत्वमा पाँच सदस्यीय सल्लाहाकार समिति र जय केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरु दिनानाथ गौतम ‘प्रयास’, महिला नेतृ रुखु चौलागाईले संयुक्त उदघाटन गरेका कार्यक्रमलाई सम्बोधनका क्रममा नेता दिनानाथ गौतमले विगतमा जस्तै माओवादी आन्दोलनलाई उत्कर्षमा पु¥याउन निर्णायक शक्तिको रुपमा यातायात मजदुरले भूमिका खेल्नुपर्ने बताए ।

उनले पार्टी फुटपछि आम यातायात मजदुरले भोग्नु परेको समस्या र त्यसको असरले यो क्षेत्र पनि परेको भन्दै पार्टी एकतासँगै यातायात मजदुरले पार्टीलाई मजबुत बनाउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा ट्रीपर चालक साईला वाईबा, दिल बहादुर घर्ती र भिम बहादुर थापामगरलाई ‘सफल चालक दोसल्ला’ ओढाएर उच्च सम्मान गरिएको थियो ।

 

  •  
    63
    Shares
  • 63
  •  
  •  
  •  

तपाइको मत