कार्यकारी अधिकृत पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि तोकिए

IMG_20170101_163804 - Copy

५ चैत, काठमाडौं । सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो ।

मन्त्रालयले शुक्रबार ४८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत तोकेको हो ।

मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत