विचरा कांग्रेस ! लाखौं जनतालाई देख्दैन, चार जना विदेशी दलाल उफ्रिएको देख्छ – केपी शर्मा ओली

५ चैत, सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको कन्तविजोग भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसको कन्तविजोग भएको बताएका हुन् ।

‘विचरा कांग्रेस ! कन्तविजोग नै छ’ अध्यक्ष ओलीले भने, ‘लाखौं जनतालाई देख्दैन, चार जना विदेशी दलाल उफ्रिएको देख्छ ।’

राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले मधेसी मोर्चा नामका २/४ जना उफ्रियो भने डराएर भाग्ने गरेको उनको आरोप छ ।

विगतमा कांग्रेसले कम्युनिष्ट आयो भने बुढाबुढीलाई गोली ठोक्छ, कांग्रेसले विकास गर्छ भनेर ढाँट्ने गरेको भन्दै पूर्व प्रधानमनत्री समेत रहेका ओलीले अब कांग्रेससँग जनता अलमल्याउने विषय पनि भएको बताए । उनले, अब कांग्रेसले विकास गर्छ भन्यो भने कसैले पत्याउँदैन ।’

०४८ र ०५६ पछि कांग्रेसले बहुमतको सरकार बनाएको भएपनि केही गर्न नसकेको दाबी गर्दै उनले भने, बाँदरको हातमा नरिबल दिएर के गर्नु ?’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत