चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ – देउवा

७ चैत, भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुन्न कि ? भन्ने शङ्का नगर्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

भक्तपुरको लोकन्थलीमा आयोजित कार्यक्रममा उनले निर्वाचन हुन्न कि ? भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्दै कुनै हालतमा निर्वाचन नरोकिने बताएका हुन् ।

चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने भन्दै देउवाले भने, ‘चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ । यसमा शङ्का नगर्नुस्, चुनाव नभए संवैधानिक संकट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।’

देउवाले तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको बताउँदै यसलाई चिर्न निर्वाचनलाई सफल पार्न जरुरी रहेको  बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत