अख्तियारमा उजुरी परेपछि एक जना करार शिक्षकको भरमा मण्टेश्वर निम्न माध्यमिक विद्यालय

रामहरी ओझा

तस्बिर: विक्लीबिम्ब बल्गबाट

डोटी । पाँच कक्षासम्म पढाइ हुने विद्यालय गाविसले दिएको अनुदान रकममा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेपछि हाल एक जना करार शिक्षकको भरमा चलिरहेको छ ।

डोटीको सिलगढी नगरपालिका-९ मछन्तोलास्थित मण्टेश्वर निम्न माध्यमिक विद्यालयका चार शिक्षक निलम्बनमा परेपछि पठनपाठन प्रभावित भएको हो ।

मण्टेश्वर निम्न माध्यमिक विद्यालयमा पाँच जना सरकारी अनुदान र दुई जना स्थानीय स्रोतबाट गरी विद्यालयमा सात जना शिक्षकको कोटा छ । तर, साबिकको बगलेक गाविसबाट २०६४/६५ देखि ०७०/७१ सम्म बिद्यालयको भौतिक पूर्वाधारका लागि बिनियोजन भएको चार लाख ५५ हजार रुपैयाँ हिनामिना भएको भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि अख्तियारले छानबिन गर्ने क्रमैसँग प्रधानाध्यापक बनेका शिक्षकहरु लक्ष्मण साफी, मुक्तीराज जोशी, सुनिता केसी र बिरवहादुर साउँदलाई गत फागुन १७ गते निलम्वन गरेपछि एकजना करार शिक्षक नरबहादुर बोहराको भरमा चलिरहेको छ ।

सिलगढी नगरपालिका-९ मछन्तोला (साबिकको बगलेक गाबिस-९) मा रहेको मष्टेश्वर आधारभूत विद्यालयमा स्थायी शिक्षक एक, सट्टा एक, करार एक र राहत दुई गरी सरकारी अनुदानका पाँच जना शिक्षक थिए ।

चार शिक्षकहरुसँगै बद्यालय व्यवस्थापन समिति अध्यक्ष महा साउँद, बगलेकका प्राविधिक धनबहादुर बिष्ट र सोही गाबिसका तत्कालीन सचिव भीमबहादुर धामी पनि अनुसन्धानमा तानिएका छन् । प्राविधिक विष्ट पनि निलम्वनमा छन् । धामी सेवानिवृत्त भइसकेका छन् ।

२०७१ भदौ ५ गते विद्यालयमा अख्तियारको पहिलो पत्र

२०७१ साल भदौ ५ गते पहिलोपटक अख्तियारले विद्यालयमा उजुरीका सम्वन्धमा पत्राचार गरेको थियो । त्यस बेलादेखि भइरहेको अनुसन्धान अझै टुंगिएको छैन ।

आरोपीहरुले  विद्यालयमा अनियमितता नभएको दाबी गरेका छन् । ‘विद्यालयमा कुनै आर्थिक अनियमितता भएको छैन,’ निलम्वित शिक्षक जोशीले भने, ‘बजेट अनुसार गर्नुपर्ने काम अभिभावकहरुले जनश्रमदानबाट भएको हो । उक्त रकम हामीहरुले बिद्यालयको खातामा राखेर नीजिश्रोतको शिक्षकहरुलाई तलब खुवाएका हौं ।’

आफूहरु माघ २, फागुन २६ र चैत ४ गरी तीन पटक बिशेष अदालतमा हाजिर भएको बताउँदै जोशीले बेनामी उजुरी गर्नेले आफूहरुलाई अनावश्यक दुःख दिन खोजेको बताए ।

एक्लैले वार्षिक परीक्षा सञ्चालन

विद्यालयमा हाल कार्यरत एकजना मात्र शिक्षक नरबहादुर बोहोरा एक्लैले वार्षिक परीक्षा सञ्चालन गरेका छन् । जनशक्ति र आर्थिक स्रोत नहुँदा विद्यालय सञ्चालनमा कठिनाइ भएको उनले बताए ।

‘५ कक्षासम्मको बिद्यालयमा म एक्लैले के गर्नु ?’ शिक्षक बोहरा भन्छन्, ‘त्यसैले वार्षिक परीक्षा चाँडै गरे ।’ सोमबार वार्षिक परीक्षा सकिएको बोहरा बताउँछन् ।

कक्षा ८ सम्म पढाइ भइरहेको बिद्यालय २०७३ को शैक्षिक सत्रदेखि कक्षा ५ सम्म मात्रै

शैक्षिक सत्र २०७२ सम्म कक्षा ८ सम्म पढाइ भइरहेको बिद्यालय २०७३ को शैक्षिक सत्रदेखि ५ सम्म झरेको बोहराले बताए । उनले भने, ‘गाउँ बिकास समितिले पनि अनुदान दिन छोडेपछि निजी स्रोतबाट राखेका दुई जना शिक्षकहरुलाई तलब खुवाउन स्रोत नभएपछि बिद्यालय तल झार्नु परेको हो ।

उक्त विद्यालयमा २०६६ सालदेखि निमाबिको पढाई सुरु भएको थियो ।

शिक्षकहरुको आपसी बिवादका कारण तत्कालीन प्रधानाध्यापक लक्ष्मण साफीले २०६९ साल मंसिर २९ गते राजीनामा दिएपछि मुक्तीराज जोशी प्रधानाध्यापक भएका थिए । जोशीले ०७० पुष २ गते राजीनामा दिएपछि सुनितालाई प्रअ बनाइएकोमा सुनिताले पनि राजीनामा दिएपछि बिरबहादुर साउँदलाई प्रधानाध्यापक बनाइएको थियो । यी चारै जना शिक्षकहरु अहिले निलम्वनमा छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत