८ चैत, काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहितका दलहरुले दलीय चुनाव चिन्ह नपाउने भएका छन् ।
स्थानीय तह निर्वाचन ऐनको दफा २६ को उपदफा ६ मा संसदमा भएका सबै दलको उम्मेदवारलाई मात्र सम्वन्धित दलको निर्वाचन चिन्ह वितरण गरिने उल्लेख छ । उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह प्रदान गर्ने उल्लेख छ ।
निर्वाचन ऐनको दफा २६ को उपदफा ६ अनुसार व्यवस्थापिका संसदमा भएका २७ दल बाहेक अन्य दलले स्थानीय तहको चुनावमा स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने भएको छ ।
नयाँ शक्ति नेपालले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने व्यवस्थाको विरोध गरेको छ ।
भट्टराई नेतृत्वको दलले निर्वाचन आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन-पत्र बुझाएको छ । तर, संविधान र निर्वाचन ऐनमै त्यस्ता व्यवस्था भएकाले सच्याउन नसकिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय चुनावमा ११४ दलले भाग लिन पाउने छन् ।