कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नुपर्ने माओवादीको निष्कर्ष

Maoist centre

१० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नुपर्ने निष्कर्ष निकालेको छ ।

यसैगरी सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचै जनालाई शहीद घोषणा गर्नुपर्ने निष्कर्ष पनि माओवादी केन्द्रले निकालेको छ ।

समसामयिक परिस्थितिबारे छलफल गर्न बिहीबार बिहान माओवादी संसदीय दलको बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकमा कञ्चनपुर गोलीकाण्डको विषयमा पनि छलफल भएको थियो ।

गत फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा एसएसबीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । सो घटनामा भारतीय सुरक्षाकर्मीको लापरवाही पुष्टि भएकाले भारतले माफी माग्नुपर्ने निष्कर्ष बैठकले निकालेको माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए ।

नेपाल-भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माण गर्ने विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । गौतमलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत