जीप दुर्घटनामा ६ जनाको मृत्यु, तीन जना घाइते

११ चैत, प्युठान । प्युठानको भिङ्ग्रीमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर रहेको प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

स्वर्गद्वारी दर्शनका लागि ललितपुर सातदोबाटोबाट गएको बा ८ च १५६१ नम्बरको जीप आज बिहान पौने ८ बजे सडकबाट करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

 मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेका छन् । दुर्घटनामा २ महिला र सवारी चालक गरी तीन जना घाइते भएका छन् ।

घाइते चालक ललितपुर जिल्ला गोठीखेल २ का २१ वर्षीय सरोज घले र एक महिलाको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भैरहेको छ । एक महिलालाई त्यहाँबाट बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीपमा ९ जना यात्रु सवार थिए  । दुर्घटनास्थलबाट स्वर्गद्वारी आश्रम तीन किलोमिटरको दूरीमा पर्छ ।

मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत